ad ad

खेल


बार्सिलोनाबाट बिदा हुन लागेका मेस्सीका १० उत्कृष्ट क्षण

बार्सिलोनाबाट बिदा हुन लागेका मेस्सीका १० उत्कृष्ट क्षण

नेपालखबर
भदौ १०, २०७७ बुधबार १४:५३,

अर्जेन्टिनी स्टार लियोनल मेस्सीले मंगलबार बार्सिलोनासामु आफ्नो ट्रान्सफर अनुरोधसहितको पत्र बुझाएका छन।

यसको अर्थ ६३४ गोल गर्दै ३४ उपाधि जितेपछि मेस्सीको १६ वर्षे नेउक्याम्पको बसाई टुंग्गिदैँछ।

विश्वको सवोत्कृष्ट खेलाडीलाई दिइने ६ बालोन डि ओर अवार्डसँगै यी वर्षमा मेस्सी अनगिन्ती उपलब्धिहरु हासिल गरे।

बार्सिलोनामा १६ वर्ष बिताउँदा मेस्सीका देश र क्लबका लागि गरेको प्रदर्शनमध्ये १० उत्कृष्ट क्षणहरु यस्ता छनः

१) एकवर्षमै ९१ गोल
२०१२ मा मेस्सीले एकै क्यालेन्डर वर्षमा ९१ गोल गर्दै राखेको कीर्तिमान अझैसम्म कसैले भंग गर्न सकेको छैन। त्यसवर्ष मेस्सीले बार्सिलोनाका लागि ७९ गोल र १२ गोल अर्जेन्टिनाबाट गरेका थिए। त्यसवर्ष उनले ६९ खेल खेल्दै ९१ गोल गरेका हुन।

यसै उपलब्धिका लागि त्यसवर्ष उनले लगातार चौथोपटक बालोन डि ओर अवार्ड जिते। त्यत्रो गोलगर्दा पनि त्यसवर्ष मेस्सीले कोपा डेल रेबाहेक अन्य उपाधि जित्न सकेनन।

२) मेस्सीको पहिलो ह्याट्रिक
विश्वको सबैभन्दा प्रतिस्पर्धीमध्येको एक एल क्लासिकोमा मेस्सीले आफ्नो पहिलो ह्याट्रिक गरे। २००७ को एल क्लासिकोमा रियल म्याड्रिडविरुद्ध ३–३ को बराबरी खेल्दा बार्सिलोनाका लागि तीनवटै गोल मेस्सीले गरे। अन्तिम मिनेटमा दुई रक्षकलाई छलाउँदै मेस्सीले ह्याट्रिक पूरा गरेका थिए।

३) मेस्सीको उत्कृष्ट गोल
२००७ अप्रिल १८ मा कोपा डेल रेको सेमिफाइनलमा गेटाफेविरुद्ध मेस्सीले गरेको गोललाई अहिलेपनि उनको करिअरकै उत्कृष्ट गोल मानिन्छ।

मेस्सीले मैदानको मध्यभागमा बल पाएका थिए। त्यहाँबाट ५ रक्षकलाई छलाउँदै उनले एक्लै बल अघि बढाए र गोलकिपरलाई पनि बिट गर्दै गोल गरे। अहिलेपनि जोकोहीले उक्त गोलको भिडियो हेर्दा आश्चार्यचकित हुन्छन।

४) पहिलो च्याम्पियन्स लिगको फाइनलमा गोल
मेस्सीले २००९ को च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर यूनाइटेडविरुद्ध गोल गरे। उक्त खेलमा बार्सिलोना २–० ले विजयी भयो।

उक्त फाइनल अघि च्याम्पियन्स लिगमा मेस्सी इङ्लिस क्लबविरुद्धका १० खेलमा गोल गर्न असफल रहेका थिए। मानिसहरु प्रश्न उठाउँथे, के मेस्सी इङ्लिस क्लबविरुद्ध गोल गर्न सक्छन?

त्यसको जवाफ मेस्सीले त्यही फाइनलमा कसैले नबिर्सने गरी दिए। जाभीको क्रसमा उनले बक्सभित्र उडेर गरेको उत्कृष्ट हेडिङलाई अहिले हेर्दा पनि मानिसहरु हेरेको हेर्यै हुन्छन।

दुईवर्षपछि मेस्सीले पुनः अर्को फाइनलमा यूनाइटेडविरुद्ध गोल गरे। जुन चारपटक च्याम्पियन्स लिगको उपाधि उचाल्दा उनको तेस्रो फाइनल गोल थियो।

५) ह्याट्रिक गर्दै बार्सिलोनाका सर्बाधिक स्कोरर
२०१२ को मार्च २० मा ग्रानडाविरुद्धको खेलमा मेस्सी बार्सिलोनाका सर्वाधिक गोलकर्ता बने। मेस्सीले २४ वर्षे उमेरमा उक्त खेलमा ह्याट्रिक गर्दै मेस्सीले केसर रोड्रिगेजको २३२ गोलको कीर्तिमान भंग गरेका थिए।

पहिलो गोल गर्दै केसरको कीर्तिमानको बराबरी गरेका मेस्सीले दोस्रो गोलमा उनलाई उछिनेका थिए भने तेस्रो गोलमा कीर्तिमान अझै फराकिलो बनाए।

६) एल क्लासिकोमा ५००औं गोल
२०१७ अप्रिल २३ मा रियल म्याड्रिडविरुद्धको एल क्लासिकोमा गोल गर्दै उनले बार्सिलोनाका लागि ५००औं गोल पूरा गरे। त्यस खेलमा म्याड्रिडलाई बार्साले ३–२ ले हराएको थियो।

७) मेस्सीको छैटौं बालान डि ओर
अघिल्लो वर्ष डिसेम्बरमा मेस्सीले कीर्तिमानी छैटौं पटक बालान डि ओर अवार्ड हात पारे। यसअघि क्रिस्टियानो रोनाल्डो र मेस्सीले समान ५–५ पटक यो प्रतिष्ठित अवार्ड जितेका थिए। तर २०१८–१९ को सिजनमा देश र क्लबका लागि ५४ गोल गर्दै मेस्सीले रोनाल्डोलाई उछिने। २०१२ मा चौथो बालान डि ओर जितेका मेस्सीले २०१५ मा पाँचौं अवार्ड जितेका थिए।

८) ला लिगाका सर्बाधिक गोलकर्ताको कीर्तिमान 
२०१४ नोभेम्बर २२ मा सेभियाविरुद्ध ह्याट्रिक प्रहार गर्दै मेस्सीले ला लिगाको सर्बाधिक गोलकर्ताको कीर्तिमान आफ्नो नाम लेखाए। मेस्सीले ताल्मो जाराले राखेको २५१ गोलको कीर्तिमान त्यसबेला भंग गरेका थिए। अहिले भने मेस्सीले ला लिगामा ४४४ गोल गरिसकेका छन। जुन उनीभन्दा २०० बढी हो।

यो पनि: मेस्सीले गरे बार्सिलोना छाड्ने निर्णय

यो पनि: के छ मेस्सीले बार्सिलोनालाई पठाएको पत्रमा? 

रोनाल्डोभन्दा मेस्सीले ला लिगामा सय बढी गोल गरेका छन। म्याड्रिडबाट यूभेन्ट्स जानुअघि रोनाल्डोले ला लिगामा ३११ गोल गरेका थिए।

९) आर्सनलविरुद्ध चार गोल
२०१० को च्याम्पियन्स लिगमा बार्सिलोनाले आर्सनलविरुद्ध ४–१ को जित निकाल्दा चारवटै गोल मेस्सीका नाममा थिए। उनले करिअरमा चार गोल गरेको यो नै पहिलो पटक हो।

दुईवर्षपछि उनले च्याम्पियन्स लिगकै अन्तिम १६ मा बायर लिभरकुसेनविरुद्ध बार्सिलोनाले ७–१ को जित निकाल्दा पाँच गोल गरेका थिए।

उनी रोनाल्डोपछि च्याम्पियन्स लिगको सर्बाधिक गोलकर्तामा ११५ गोलसहित दोस्रो नम्बरमा छन।

१०) विश्वकपको गोल्डन बल
मेस्सीले २०१४ को विश्वकपमा गोल्डन बल जिते। यद्यपी फाइनलमा जर्मनीसँग अर्जेन्टिना १–० ले पराजित हुँदा उनले देशका लागि विश्वकप जित्ने अवसर भने गुमाए। त्यसैले २००८ को ओलम्पिकको स्वर्ण पदकबाहेक अन्य उपाधि देशका लागि नजितेकाले उनी विश्वको सर्वोत्कृष्ट खेलाडी हुन हैनन? भन्ने बहस चल्ने गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .