जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ।
पोर्चुगलको लिस्बनमा आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोल अन्तरले हराउँदै बायर्न च्याम्पियन बनेको हो।
पहिलो हाफको खेल गोलरहित बराबरीमा टुंग्गिए पनि दोस्रो हाफको ५९औं मिनेटमा बायर्नका किङ्गस्ले कोमानले खेलको निर्णायक गोल गरेका थिए।
जोसुवा किमिचको क्रसमा उनले गरेको हेडिङ गोलले बायर्न म्युनिखलाई छैटौंपल्ट च्याम्पियन्स लिगको उपाधि दिलाएको हो।
२०१२-१३ को सिजनपछि म्युनिखले पहिलो पटक लिगको उपाधि उचालेको हो। म्युनिखभन्दा बढी रियल मड्रिडले १३ र एसी मिलानले ७ पटक यूरोपियन कप/च्याम्पियन्स लिगको उपाधि उचालेका छन।
प्रतिक्रिया