खेल


राष्ट्रिय टोलीका खेलाडी अभिषेक भारतीय फुटबल क्लबमा आबद्ध

राष्ट्रिय टोलीका खेलाडी अभिषेक भारतीय फुटबल क्लबमा आबद्ध

नेपालखबर
भदौ ४, २०७७ बिहिबार १४:२८,

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अभिषेक रिजाल भारतीय क्लब मोहमेदन एससीमा आवद्ध भएका छन्।

मोहमेदन भारतको कोलकाताको पुरानो क्लब हो। चन्द ब्रदर्स प्रालिको पहलमा रिजाललाई दोस्रो डिभिजनको लिग खेल्ने उक्त क्लबमा तीन वर्षका लागि आवद्ध भएका हुन्।

रिजाल एसियन कोटाबाट टोलीमा आवद्ध हुन सफल भएको चन्द ब्रदर्सका रविन्द्र चन्दले जनाकारी दिए। रिजालले पाउने पारिश्रमिकबारे भने केही खुलाइएको छैन।

रिजालले यसअघि माल्दिभ्सको दोस्रो डिभिजनको क्लबबाट फुटबल खेलिसकेका छन्। उनीसित नेपाल पुलिस क्लब, मच्छिन्द्र क्लब र मनाङ मस्र्याङ्दी क्लबबाट खेलेको लामो अनुभव छ।

आफूले पाएको अवसरको सदुपयोग गर्ने रिजालले बताए। भारतको दोस्रो डिभिजन लिग खेलिरहेको मोहमेदन एफसीलाई लिगको शीर्ष स्थानमा पुरयाउन सक्दो मेहनत गर्ने उनले बताए।

कोरोना महामारीका कारण रोकिएको उक्त लिग यही महिनादेखि शुरु हुँदैछ। बन्द रंगशालामा लिग आयोजना गर्ने तयारी छ। रिजाल बिहीबार भारतको कोलकातातर्फ लागेका छन्।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad