खेल


सीपीएलको पहिलो खेलमै सन्दीपले लिए विकेट, यस्तो रह्यो ४ ओभर

सीपीएलको पहिलो खेलमै सन्दीपले लिए विकेट, यस्तो रह्यो ४ ओभर

नेपालखबर
भदौ ३, २०७७ बुधबार १५:१३,

क्यारेबियन प्रिमियर लिग(सीपीएल)को पहिलो खेलमा नै नेपाली लेग स्पिनर सन्दीप लामिछानेले विकेट लिएका छन।

जमैका तालेवाजबाट खेलिरहेका सन्दीपले बुधबार साँझ जारी सेन्ट लुसिया जाक्सविरुद्ध ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिएका हुन।

सन्दीपले आफ्नो अन्तिम ओभरमा नजिबुल्लाह जार्दनको विकेट लिएका हुन। जार्दनलाई सन्दीपले बाउन्ड्रीमा क्याच गराएका थिए।

 टोलीको नवौं ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दीपले एक छक्कासहित ८ रन खर्चेका थिए।

११औं ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका उनले उत्कृष्ट पुनरागमन गर्दै ३ रनमात्रै दिए। 

१३औं ओभरमा व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले एक चौका सहित ८ रन खर्चे। यस ओभरमा एक स्टपिङ र एक एलबिडब्लु अपीएल गरेपनि अम्पायरले नकारेका थिए। 

 १५औं ओभरमा व्यक्तिगत चौथो ओभरमा आएका सन्दीपले दोस्रो बलमा जार्दनलाई आउट पार्दै सफलता हात पारेका हुन। यस ओभरमा सन्दीपले ४ रनमात्रै खर्चे। 

सीपीएलको यस सिजनमा सन्दीपको यो पहिलो खेल हो। यस सिजनमा तलेवाजले सन्दीपलाई न्यूनतम ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad