एनआईसी एशियन बैंकले कोभिड–१९ को महामारीका कारण स्थानीय प्रशासनहरूले विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको अवस्थामा सीमित शाखाहरू मार्फत सेवा सूचारु गर्ने जनाएकाे छ।
आफ्ना ग्राहकलाई पर्नसक्ने असुविधालाई मध्यनजर गर्दै एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै अत्यावश्यक बैंकिङ्ग सेवा प्रदान गर्न सीमित शाखाहरू सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।
यस असहज अवस्थाका बीच ग्राहकहरूको सुविधाका लागि आइतवारदेखि बिहीबार बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म तथा शुक्रवार बिहान १० बजे देखि दिउँसो १ बजेसम्म सीमित शाखाहरूमार्फत अत्यावश्यक बैंकिङ्ग सेवा दिइने र उक्त सेवा दिने शाखाहरूको जानकारी दैनिक रुपमा यस बैंकको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत गराइने बैंकले जनाएको छ।
यस परिस्थितिका बीच बैंकले आफ्ना सेवा सम्बन्धी जानकारी दिन, गुनासो सुन्न एवं ग्राहकहरूको बैंकिङ्ग आवश्यकतालाई हरसम्भव सम्बोधन गर्नका निम्ति केन्द्र एवं प्रदेशस्तरमा ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको छ।
ग्राहकहरूलाई विशिष्टिकृत सेवा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, हेल्प टाइप गरी ३४४८८ मा एसएमएस, फेसबुक च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८५११०४१६९ मा सिधा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ। यसका साथै ग्राहकहरूले विभिन्न खालका बैंकिङ्ग गतिविधिहरू गर्दा आइपर्न सक्ने समस्यालाई ध्यानमा राख्दै बैंकले निम्नलिखित ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको छ।
केन्द्रीय तहबाट मात्रै ग्राहकहरूको समस्या तथा गुनासाहरू समाधान नहुने वा समय धेरै लाग्न सक्ने भएकोले बैंकले केन्द्रीयको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ लाई सोच बदलेर प्रादेशिक तथा उपप्रादेशिक तहमा समेत बैङ्कको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत कर्मचारीसहितको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको छ। यस्ता प्रादेशिक एवं उपप्रादेशिक तहको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को विवरण बैंकले आफ्नो वेबसाइट मा अध्यावधिक गरेको छ।
कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न नगद कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय हुने बैंकले जनाएको छ। डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि आफ्ना ग्राहकवर्गलाई नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको बैंकले ग्राहकको स्वास्थ्य तथा सुविधालाई मध्येनजर गर्दै ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ डिजिटल बैंकिङ्गलाई जोड दिइरहेको छ।
यस बैंकको मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू ग्राहकहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा पनि गर्न सक्नेछन्। साथै, घरमै बसी खाता खोल्ने, कर्जाको आवेदन दिने जस्ता सुविधा पनि बैंकले वेबसाइटमार्फत दिएको छ।
कोरोना भाइरसको जोखिम कम गर्न नगद कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्नु उचित देखिएकाले सकेसम्म ग्राहक महानुभावलाई विद्युतीय माध्यमबाट भुक्तानीको काम गर्न बैंकले प्रोत्साहन गरेको छ। ग्राहकहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा क्यूआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नेछन्। यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि गर्न सक्नेछन्।

प्रतिक्रिया