ad ad

खेल


राष्ट्रिय फुटबल टोलीका अभिषेक रिजाल भारतीय क्लब मोहम्मेदनसँग अनुबन्धित

राष्ट्रिय फुटबल टोलीका अभिषेक रिजाल भारतीय क्लब मोहम्मेदनसँग अनुबन्धित

नेपालखबर
भदौ ३, २०७७ बुधबार १०:३६,

राष्ट्रिय टोलीका फरवार्ड अभिषेक रिजाल भारतीय फुटबल क्लब मोहम्मेदन स्पोर्टिङ क्लबसँग अनुबन्ध भएका छन्।

आईलिग सेकेन्ड डिभिजन र कलकत्ता लिग खेलिरहेको मोहम्मेदनमा अभिषेक आगामी ३ वर्षका लागि अनुबन्ध भएका हुन्।

अभिषेक एसियन कोटाबाट अनुबन्ध भएका हुन्। उनको सम्झौता २०२० को अगष्ट २० देखि लागू हुनेछ।

क्लब र अभिषेकबीच के कति रकमकाे सम्झौता भएको भन्ने केही खुलाइएको छैन। तर मोहम्मेदन आईलिगमा छनोट हुन नसकेको खण्डमा भने उनी अन्य क्लबमा जान चाहेमा रिलिज गर्ने सम्झौतामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .