खेल


धोनीको सन्न्यास: भारतीय क्रिकेटको एक युगकाे अन्त्य

धोनीको सन्न्यास: भारतीय क्रिकेटको एक युगकाे अन्त्य

नेपालखबर
साउन ३१, २०७७ शनिबार १५:३८,

महेन्द्रसिंह धोनीले इन्स्टाग्राममा लेखे, 'सबैको मायाँ र सहयोगका लागि धन्यवाद। साँझ ७.१९ बजेबाट मैले सन्न्यास लिएको सम्झनुहोला।'

उक्त पोस्टमा धोनीले आफ्नो करिअरको उतारचढावलाई 'मैं पल दो पलका सायर हुँ' गीतबाट सुन्दर अन्दाजमा प्रस्तुत गरेका छन।

योसँगै विगत डेढ दशक भारतीय क्रिकेटमा चलिरहेको धोनीको जादु युगको पनि समाप्ति भएको छ। तर यस सिजनको आइपीएलमा भने अन्तिम पटक धोनीले चेन्नाई सुपर किंग्सबाट खेल्न बाँकी नै छ।

उनी भारतीय क्रिकेटमा सबैभन्दा सफल कप्तान रहे। विश्व क्रिकेटमा धोनी एक्ला यस्ता कप्तान हुन, जसले आइसीसीका ठूला तीन उपाधिमाथि कब्जा जमाए।

धोनीको कप्तानीमा भारतले २००७ मा आइसीसी टि-२० विश्वकप, २०११ मा क्रिकेट विश्वकप र २०१३ मा च्याम्पियन्स ट्रफीको उपाधि उचालेको थियो।

धोनीले भारतका लागि ३५० एकदिवसीय अन्तर्राष्ट्रिय(ओडिआई) खेल खेल्दै ५० भन्दा बढी औषतमा १०७७३ रन बनाएका छन। ओडिआईमा धोनीले १० शतक र ७३ अर्धशतक प्रहार गरेका छन।

विकेटकिपरका रुपमा धोनीले ३२१ क्याच लिनुका साथै १२३ खेलाडीलाई टम्प्स आउट गरेका छन।

टी-२० मा धोनीले भारतबाट ९८ खेल खेले। जसमा ३७ भन्दामाथिको औषतमा उनले १६१७ रन जोडेका छन।

टेस्ट क्रिकेटबाट धोनीले २०१४ मै सन्न्यास लिएका थिए। ९० टेस्ट खेलेका धोनीले ३८ भन्दामाथिको औषतमा ४८७६ रन बनाएका छन। टेस्टमा धोनीले विकेटका पछाडी २५६ क्याच समात्नुका साथै ३८ स्टपिङ गराएका छन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad