खेल


च्याम्पियन्स लिग: एट्लेटिको मड्रिडलाई हराउँदै लिपजिग सेमिफाइनलमा, पीएसजीसँग भिड्ने

च्याम्पियन्स लिग: एट्लेटिको मड्रिडलाई हराउँदै लिपजिग सेमिफाइनलमा, पीएसजीसँग भिड्ने

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार १:५३,

स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई क्वार्टरफाइनलमा २-१ हराउँदै जर्मन क्लब आरबी लिपजिग च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ।

बिहीबार राति भएको खेलमा जितपछि सेमिफाइनलमा अब लिपजिगले पेरिस सेन्ट जर्मन(पीएसजी)को सामना गर्नेछ।

५०‍औं मिनेटमा ड्यानियल ओल्मोले हेडमार्फत गोल गर्दै लिपजिगलाई अग्रता दिलाए। ७१औं मिनेटमा जोआओ फेलिक्सले पेनाल्टीमार्फत गोल फर्काउँदै खेल बराबरीमा ल्याए।

खेल सकिन दुई मिनेट बाँकी छदाँ टायलर एडम्सले निर्णायल गोल गरेपछि क्लब स्थापनाको ११ वर्ष मै लिपजिग सेमिफाइनलमा प्रवेश गर्‍यो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad