अशोक खड्का अन्तर्राष्ट्रिय हिरोज तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन्।
प्रतियोगितामा करिब २५ राष्ट्रका ३ सय ५० खेलाडीको सहभागिता रहेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्षसमेत रहेका खड्काले बताएका छन्।
प्रतियोगितामा नेपालसहित इन्डोनेसिया, ट्युनिसिया, भारत, मलेसिया, चीन र कोरिया गरी ७ राष्ट्रका निर्णायकको सहभागिता थियो। लकडाउनको अवधिमा भएका विभिन्न प्रतियोगितामा खड्का तीन पटक उत्कृष्ट निर्णायक घोषित भएका छन्।
थाइल्यान्डको हिरोज तेक्वान्दो संघले अगष्ट ८ र ९ मा प्रतियोगिता गरेको थियो।

प्रतिक्रिया