बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आगामी दिनमा नतिजा सुधार्नका लागि आफूहरुले आत्मलोचना गर्नुपर्ने बताएका छन।
ला लिगाको अन्तिम खेलमा अल्भेसलाई ५-० ले पराजित गरेपछि मेस्सीले च्याम्पियन्स लिग लगायत अन्य आगामी प्रतियोगितामा नतिजा सुधार्नका लागि सबै खेलाडी, प्रशिक्षक तथा क्लबले आत्मलोचना गर्नुपर्ने बताएका हुन।
एक समय शीर्षमा रहेको बार्सिलोनाले सिजनको अन्त्यमा भने खराब प्रदर्शन गर्दा ला लिगाको उपाधि रियल मड्रिडलाई सुम्पिएको थियो।
'हामीले धेरै आत्मलोचना गर्नुपर्छ र धेरै कुराहरु स्वीकार गर्नपर्छ,' मेस्सीले भनेका छन, 'यो सिजन हाम्रा लागि राम्रो रहेन।अब हामीले आफ्नो दृष्टिकोण र प्रतिबद्धतामा पनि सुधार गर्नुपर्नेछ।'
3
Shares

प्रतिक्रिया