खेल


आइपीएल यूएईमा हुने

आइपीएल यूएईमा हुने

नेपालखबर
साउन ७, २०७७ बुधबार १:११,

आइपीएलको गभर्निङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले यसवर्षको आइपीएल यूएईमा हुने बताएका छन।

उनले यस सम्बन्धि औपचारिक निर्णय भने आगामी बैठकमा लिइने जनाए।

पटेलले प्रतियोगिताको मिति भने सार्वजनिक गरेका छैनन। भारतीय क्रिकेट बोर्डले सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म प्रतियोगिता आयोजना गर्ने तयारी गरेको समाचारमाध्यमले जनाएका छन।

यसपटक आइपीएलमा ६० खेल हुनेछन। पटेलले आइसीसीले टी-२० विश्वकप सार्ने घोषणा कुरिरहेको र विश्वकप सरेपछि आइपीएलको मिति सार्वजनिक गर्ने तयारी गरेको जनाए।

'हामी आइसीसीले टी-२० विश्वकप सार्ने औपचारिक निर्णय कुरिरहेका थियौं। विश्वकप सरिसकेको अवस्थामा हामीले भारतीय सरकारको स्वीकृतिका लागि पत्र लेखेका छौं, पटेलले भनेका छन।  

पटेलका अनुसार दुबई, अबुधानी र शारजहाँमा यसपटकको आइपील खेलाइनेछ।

उनले यूएईको सरकारको निर्णय बमोजिम खेलहरु बन्द रंगशाला की खुल्ला रंगशालामा हुने तय गर्ने बताए।

तर अझैपनि टोलीहरुलाई भने प्रतियोगिता भारतबाहिर हुनेबारे औपचारिक जानकारी नदिइएको बुझिएको छ।

नेपालका सन्दीप लामिछाने आइपीएलमा दिल्ली क्यापिटल टोलीबाट खेल्ने गर्छन। 

कोरोना महामारीका कारण गत अप्रिलमा बीसीसीआईले यसवर्षको आइपीएल सारेको थियो। बीसीसीआइले भारतमै आइपीएल गर्ने योजना बनाएपनि त्यहाँ तीव्र गतीमा कोरोनाभाइरस फैलिरहेका कारण अन्त्यै गर्ने निर्णय गर्न लागिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad