ad ad

खेल


राष्ट्रपति रनिङ शिल्ड: प्रदेश ५ च्याम्पियन

राष्ट्रपति रनिङ शिल्ड: प्रदेश ५ च्याम्पियन

नेपालखबर
असार ३१, २०७६ मंगलबार १३:८,

 विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश ५ ले २० स्वर्ण, २० रजत र १० कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा १३ स्वर्णसाथ प्रदेश १ दोश्रो तथा १२ स्वर्णसाथ सुदूरपश्चिम तेश्रो भए ।

प्रतियोगितामा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बने । त्यसमा पनि प्रदेशकै वर्चस्व रह्यो । चारै कीर्तिमान प्रदेश ५ का खेलाडीले बनाए । छात्रको ४ गुणा ४ सय मिटर रिलेमा सिमान पाण्डे, लेखनाथ महर, वेदबहादुर ओली र श्रवन केवतले कीर्तिमान बनाए । सोही स्पर्धाको छात्रामा अरुणा रिजाल, पुर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालले कीर्तिमान रचे । त्यस्तै छात्राको सटपुटमा संगीता अधिकारी तथा ४ सय मिटर दौडमा अरुणा रिजालले कीर्तिमान स्थापित गरे । प्रत्येक कीर्तिमानका लागि १० हजार नगद पुरस्कार प्रदान गरियो ।

एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी समावेश प्रतियोगिताका विजेतालाई राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार पाए । त्यस्तै टिममा पहिलो हुनेले २ हजार ५ सय, दोश्रोले २ हजार र तेश्रोले १ हजार ५ सय नगद पुरस्कार हात पारे ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .