खेल


सलाहको दोहोरो गोलमा लिभरपुलको जित

सलाहको दोहोरो गोलमा लिभरपुलको जित

नेपालखबर
असार २५, २०७७ बिहिबार १:५५,

मोहम्मद सलाहको दोहोरो गोल मद्दतमा लिभरपुलले ब्राइटनलाई ३–१ गोल अन्तरले पराजित गरेको छ।

प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा सलाहले खेलको छैटौं मिनेटमै लिभरपुललाई अग्रता दिलाएका थिए।

त्यसको दुई मिनेट नबित्दै कप्तान जोर्डन हेन्डरसनको गोलमा लिभरपुलले अग्रता दोब्बर बनायो।

पहिलो हाफको अन्त्यसमा ब्राइटनका लिन्ड्रो ट्रोसर्डले गोल फर्काउँदै खेलमा फर्कने संकेत गरेपनि त्यो पर्याप्त भएन। तर सलाहले नै ७६ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई जित दिलाए।

यो जितसँगै यसअघि नै उपाधि उचालिसकेको शीर्ष स्थानको लिभरपुलले ९२ अंक जोडेको छ। दोस्रो स्थानको म्यान्चेष्टर सिटीसँग उसको २३ अंकको अग्रता छ। पराििजत ब्राईटोन ३६ अंक सहित १५ औं स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad