वेन स्टोकले पहिलोपटक इङल्याण्ड टेष्ट क्रिकेट टोलीको कप्तानी गर्ने भएका छन्। वेष्ट इण्डिजसँगको पहिलो टेष्ट सिरिजमा नियमित कप्तान जो रुट अनुपस्थित हुने भएपछि स्टोकले कप्तानी गर्नलागेका हुन्।
जो रुट दोस्रो सन्तानको अभिभावक बन्ने भएपछि उनले पहिलो सिरिज गुमाउनेछन्। २९ वर्षीय रुटले बुधबारदेखि प्रशिक्षणबाट पनि विदा लिएका छन्।
घरेलु मैदानमा हुनलागेको टेष्ट सिरिज ८ जुलाईबाट सुरु हुनेछ। रुटको अनुपस्थितिमा स्टोकले राम्रो कप्तानी सम्हाल्ने प्रशिक्षक क्रिस सिल्भरउडले विश्वास व्यक्त गरे।
अस्पतालबाट फर्केपछि रुट सेल्फ आइसोलेसनमा बसेपछि मात्र टोलीमा समावेश हुनेछन्। उनी १३ जुलाईबाट टोलीमा समावेश हुने बताइएको छ। दोस्रो टेष्ट सिरिज जुलाई १६ बाट वर्ल्ड ट्राफोर्डमा हुनेछ।

प्रतिक्रिया