पार्टीभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओली राजीनामाको माग भइरहेका बेला बसेको सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक केहिबेर बसेर बिहीबारसम्मका लागि स्थगित भएको छ।
बुधबारको बैठकमा पाँच जनाले बोलेका थिए।
पार्टीको प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार बैठकमा मदन जयन्तीका अवसरमा असार १४ गते प्रधानमन्त्रीले राखेका विचार, सरकार हटाउन भारत सक्रिय रहेको, त्यसमा पार्टीका नेताहरूको संलग्नता रहेको भन्ने प्रधानमन्त्रीकाे भनाई र दुई दिनअघि निर्वाचन आयोगमा दर्ताको लागि आवेदन परेको भनिएको नेकपा (एमाले) को सम्बन्धमा छलफलमा सदस्यहरूले भाग लिएका थिए।
‘यस विषयमा योगेश भट्टराई, लीलामणि पोखरेल, मातृकाप्रसाद यादव, नन्दकुमार प्रसाई र आमन्त्रित सदस्य पेशलकुमार खतिवडा गरी ५ जनाले धारणा राख्नुभएको छ,’ थापाले जानकारी दिएका छन्।
अर्को बैठक बिहीबार ११ बजे पुनः बस्ने भएको छ।
Shares

प्रतिक्रिया