खेल


क्यानले दियो चार उपसमितिलाई पूर्णता

क्यानले दियो चार उपसमितिलाई पूर्णता

नेपालखबर
असार १५, २०७७ सोमबार ५:१३,

नेपाल क्रिकेट संघ क्यानले विभिन्न चारवटा उपसमितिलाई पूर्णता दिएको छ।

क्यानले यसअघि नै गठन गरेको प्रतियोगिता, प्राविधिक, आर्थिक र मिडिया उपसमितिलाई सोमबार पूर्णता दिएको हो।

क्यानको प्रतियोगिता समितिमा प्रशान्त विक्रम मल्ल संयोजक छन्। समितिमा दाउद अन्सारी, ऋषीराम गौतम, विक्रम विष्ट र कैलाश विष्ट सदस्यमा चयन भएका छन्। यस्तै टेक्निकल समितिमा संजयराज सिहं संयोजक छन् भने विरेन्द्र बहादुर चन्द, अमित विर पाण्डे, अरुण कुमार अर्याल र सञ्जय गुरुङ सदस्यमा चयन भएका छन्।

आर्थिक समितिमा रोशन कुमार सिंह संयोजक छन् भने मधाव कर्माचार्य र दुर्गाराज पाठक सदस्य छन।

यस्तै मिडिया संयोजकमा अशोकनाथ प्याकुरेल र भानुभक्त सिग्देल सदस्य छानिएका छन्।

क्यानले यसअघि चारवटा समितिको संयोजक मात्र चयन गरेको थियो।

विभिन्न समितिका संयोजकसँगको छलफलपछि अध्यक्ष र महासचिवले सदस्यहरु थप गरेका क्यानका महासचिव अशोकनाथ प्याकुलेले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad