क्रिकेट विश्वकप २०१९ को फाइनलमा न्यूजिल्याण्डले टस जितेर ब्याटिङ गर्दैछ।
ऐतिहासिक लण्ड्स मैदानमा भइरहेको फाइनलमा न्यूजिल्याण्डका मार्टिन गुप्टिल र हेनरी निकोलस ओपनरका रुपमा ब्याटिङमा आएका छन्।
यी दुबै टोलीले यसअघि विश्वकप जित्न सकेका छैनन्। दुबै टोली पहिलो पटक च्याम्पियन बन्ने उदेश्यसहित फाइनल भिड्न लागेका हुन्।
इंगल्यान्ड२७ वर्षपछि फाइनलमा पुगेको हो। उसको यो चौथो फाइनल हो। यसअघि तीनपटक फाइनल खेलेपछि इंगल्यान्डले उपाधि भने जित्न सकेको थिएन्। यसपटक आयोजकका नाताले उसलाई उपाधि दाबेदार मानिएको छ। सेमिफाइनलमा साविकको विजेता अस्ट्रेलियामाथि ८ विकेटको सानदार जित निकाल्दै इंगल्यान्ड फाइनलमा पुगेको हो।
न्युजिल्यान्डले उपाधिको मुख्य दाबेदार मानिएको भारतलाई रोमाञ्चक पहिलो सेमिफाइनलमा १८ रनले पराजित गर्दै दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। यसअघि २०१५ को विश्वकपमा छिमेकी देश अष्ट्रेलियासँग पराजित हुँदै न्युजिल्यान्ड उपाधिबाट टाढिएको थियो।
विश्वकपमा न्यूजिल्याण्ड र भारत अहिलेसम्म ९ खेलमा भिडेका छन्। जसमा ५ खेल न्यूजिल्याण्डले र ४ खेल इंग्ल्याण्डले जितेको छ।
लर्डस मैदानमा पाँचौपटक विश्वकपको फाइनल हुन लागेको हो। तर, इंग्ल्याण्ड र न्यूजिल्याण्ड पहिलोपटक विश्वकपको फाइनलमा आमने सामने हुँदैछन्।
लर्डस मैदानमा अहिलेसम्म इंग्ल्याण्डले न्यूजिल्याण्डलाई पराजित गर्न सकेको छैन्। लर्डस मैदानमा अहिलेसम्म यी दुई टोलीहरु दुई पटक भिडेका छन् र दुबैपटक घरेलु टोली इंग्ल्याण्डलाई न्यूजिल्याण्डले स्तब्ध पारेको छ।
Shares

प्रतिक्रिया