ad ad

खेल


नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित

नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित

नेपालखबर
जेठ २९, २०७७ बिहिबार १२:४६,

कोरोना भाइरसको महामारीको कारण आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिवियाबीचको त्रिकोणात्मक सिरिज स्थगित भएको छ।

नेपालको अवे सिरिजअन्तर्गत स्कटल्याण्डमा आगामी ४ जुलाईदेखि ११ सम्मका लागि तय सिरिज स्थगित गरेको क्रिकेट स्कटल्याण्डले जनाएको छ।

क्रिकेट स्कटल्याण्डले यो कठिन समयमा प्रतियोगिता गराउन नसक्ने भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)मा जानकारी गराएको थियो।

यसअघि नेपालले २० अप्रिलदेखि २७ सम्म नामिबियामा हुने त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डसँग खेल्ने तय भएको सिरिज पनि कोरोनाकै कारण स्थगित भएको थियो।

त्यस्तै, जुन दोस्रो सातामा पपुवा न्युगिनीमा संयुक्त अरब इमिरेट्स युएईसँग खेल्ने त्रिकोणात्मक सिरिज पनि सरेको थियो।

पहिलो सिरिजअन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग खेलिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .