अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वकार्यवाहक अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको पाँचौँ पुण्यतिथिमा श्रद्धाञ्जलि सभाको आयोजना गरिएको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका पदाधिकारी, थ्रीस्टार क्लबका पदाधिकारी, फुटबल प्रशिक्षक, खेलाडी, कर्मचारी र श्रेष्ठका परिवारले उनको अर्धकदको प्रतिमामा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेका हुन्।
श्रद्धाञ्जली सभामा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आगामी वर्ष श्रेष्ठको ढलोटको प्रतिमा स्थापना गर्ने बताए। कोरोना भाइरसको महामारीका कारण समयमा नै प्रतियोगिताहरु आयोजना गर्न असमर्थ भएकोले परिस्थिति सहज हुँदै गए फुटबलका गतिविधि सुरु गर्ने बताए।
यस्तै एन्फाका सहायक महासचिव तथा थ्रीस्टार क्लबका कार्यवाहक अध्यक्ष अरुणमान जोशीले स्वर्गीय श्रेष्ठले नेपाली फुटबलको व्यावसायिक विस्तार तथा विकासका लागि पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए।

प्रतिक्रिया