खेल


बार्सामा एमएसजी युगको सुरुवात, होला त सय गोलको वर्षा?

बार्सामा एमएसजी युगको सुरुवात, होला त सय गोलको वर्षा?

नेपालखबर
असार २८, २०७६ शनिबार १०:४२,

एमएसजी अर्थात् मेस्सी, स्वारेज र ग्रीजम्यान। अब नयाँ सिजनमा बार्सिलोनाको ट्रियो फरवार्डको रुपमा हामीले एमएसजीलाई देख्न सक्नेछौं।

शुत्रबारमात्र बार्सिलोनाले एथ्लेटिको मड्रिडबाट एन्टोनी ग्रीजम्यानलाई अनुबन्ध गरेको हो। ग्रीजम्यान बार्सा अनुबन्ध भएसँगै बार्साको फरवार्ड पंक्तिमा मेस्सी, स्वारेज र ग्रीजम्यानको लाइनअप देखिने भएको हो।

एमएसजीको जन्म भएसँगै यतिबेला के यो फरवार्डले सय गोल पुरा गर्न सक्छ त भन्ने प्रश्न चिन्ह खडा भएको छ।

सन् २०१५–१६ को सिजनमा मेस्सीले ४१ गोलगर्दा स्वारेजले ५९ गोल गरेका थिए। त्यसबेला ग्रीजम्यानले एथ्लेटिकोबाट ३२ गोल गरेका थिए। पुरा जोड्दा त्यसबेला १३२ गोल पुरा भएको थियो।

सन् २०१६–१७ को सिजनमा मेस्सी, स्वारेज र ग्रीजम्यानको गोल जोड्दा ११७ गोल पुग्छ। यस्तै पछिल्लो सिजनमा उनीहरुको गोल जोड्दा सयको नजिक ९७ हुन आउँछ।

Image result for messi neymar and suarez

एमएसएनको रेकर्ड

सन् २०१५–१६ को सिजनमा नेमार बार्सामै थिए। त्यसबेला मेस्सी, स्वारेज र नेमारले मिलेर १३१ गोल गरेका थिए।

सन् २०११–१२ को सिजनमा रियल मड्रिडका ट्रियो फरवार्डले बनाएको ११८ गोलको रेकर्ड तोड्दै एमएसएनले नयाँ रेकर्ड बनाएको थियो।

यसअघि मेस्सीले सन् २०११–१२ को सिजनमा पनि एकसय गोलको रेखा पुरा गरेका थिए। मेस्सीले सेस फेब्रिग्यास तथा एलेक्सिस सान्सेजसँग मिलेर १ सय ३ गोल गरेका थिए। मेस्सी एक्लैले ७३ गोल गरेका थिए।

त्यस अगाडि सन् २००८ र २००९ को सिजनमा मेस्सी, स्यामुल इटो र थिएरी हेनरीले मिलेर सय गोल गरेका थिए। त्यसबेला मेस्सी एक्लैले ३८ गोल गरेका थिए। मार्का

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .