नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्रगतिका बलर सोमपाल कामीलाई भारतीय क्रिकेट खेल सामग्री उत्पादक कम्पनी रेड रक स्पोर्ट्सले प्रायोजन गरेको छ।
प्रायोजन सम्झौता अनुसार रेडरकले सोमपाललाई दुई बर्षसम्म खेल सामाग्री उपलब्ध गराउँने छ। यस्तै विदेशी लिग खेल्दा ३ हजार देखि ५ हजार अमेरिकी डलर उपलब्ध गराउँने समेत सम्झौता भएको छ।
यसअघि रेड रकले नेपालका अर्का तीव्र गतिका बलर भीम सार्की र कारण केसीलाई समेत प्रायोजन गरेको थियो।
प्रतिक्रिया