खेल


विश्वकपमा लज्जास्पद प्रदर्शनपछि अफगानिस्तानले गर्‍यो कप्तान परिवर्तन

विश्वकपमा लज्जास्पद प्रदर्शनपछि अफगानिस्तानले गर्‍यो कप्तान परिवर्तन

नेपालखबर
असार २७, २०७६ शुक्रबार ११:५६,

स्पिनर रासिद खान अफगानिस्तानको राष्ट्रिय क्रिकेट टोलीका नयाँ कप्तान बनेका छन्।

अफगानिस्तान क्रिकेट बोर्डले शुक्रबार रासिदलाई तीनवटै फम्र्याटको क्रिकेटको कप्तानमा नियुक्त गरेको हो।

पूर्व कप्तान अस्घर अफगानलाई सहायक कप्तानको जिम्मेवारी दिइएको छ।

विश्वकपमा गुलबदिन नइबको कप्तानीमा सबै खेल हारेपछि अफगानिस्तानले टोलीको नेतृत्व परिवर्तन गरेको हो। 

रासिद अहिले टि-२० का विश्व नम्बर एक बलर हुन् भने एकदिवसीयका ८ औं वरियतामा छन्। उनले पनि विश्वकपमा खासै गतिलो प्रदर्शन गर्न सकेनन्। ८ इनिङमा उनले ६ विकेटमात्रै लिन सकेका थिए।

इंग्ल्याण्डविरुद्धको खेलमा भने उनले ९ ओभरमा ११० रन खर्चेका थिए। त्यो एकदिवसीयमा सर्वाधिक रन खर्चेने खेलाडीको खराब कीर्तिमान समेत हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .