ad ad

खेल


वेस्ट इण्डिज भ्रमणमा भारतका यी खेलाडी टिममा नहुने

वेस्ट इण्डिज भ्रमणमा भारतका यी खेलाडी टिममा नहुने

नेपालखबर
असार २७, २०७६ शुक्रबार १०:३२,

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह भोनी अब सन्न्यास लिन्छन् कि खेलिरहन्छन् भन्ने कुराको अझै टुंगो लागेको छैन्। यसको जवाफ उनीबाहेक अन्य कोहीसँग पनि छैन्।  

तर, विश्वकपपछि लगत्तै वेष्ट इण्डिजको भ्रमण गर्ने भारतीय टोलीका छनौट कर्ताहरु धोनीको इच्छा के छ? उनकै मुखबाट सुन्न चाहान्छन्।

यो पनि: भारतीय टोलीले टिकट पाएन

वेष्ट इण्डिज भ्रमणको टिम छनौटका लागि छनौटकर्ताहरुको बैठक जुलाई तेस्रो साता मुम्बईमा हुँदैछ। भारतीय टोली वेष्ट इण्डिमा ३ वटा टि–२०, ३ वटा एकदिवसीय र २ वटा टेस्ट शृंखला खेल्दैछ।

तर, स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले धोनीले यस शृंखलामा नखेल्ने मनसाय बनाएको जनाएका छन्। उनका स्थानमा भ्रमणमा विकेटकिपर ब्याट्सम्यानहरु दिनेश कार्तिक र ऋशब पन्तले स्थान बनाउँनेछन्।

त्यसबाहेक कप्तान विराट कोहलीले पनि टि–२० र एकदिवसीय शृखंलामा विश्राम लिने खबरहरु सार्वजनिक भएका छन्। उनी टेस्टका क्रममा भारतीय टोलीमा जोडिनेछन्। टि–२० र एकदिवसीयमा भने रोहित शर्माले भारतीय टोलीको नेतृत्व गर्नेछन्।

टाइम्स अफ इण्डियाका अनुसार जसप्रित बुम्राह, हार्दिक पाण्ड्या, भुवनेश्वर पनेरु, मोहम्मद सामीले पनि लगातार क्रिकेट खेलिरहेकाले उनीहरुलाई पनि आरा दिने सम्भावना रहेको उल्लेख गरेको छ।

एजेन्सी ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .