खेल


क्वार्टरफाइनलमा यी ८ टोलीबिच हुँदैछ भिडन्त

क्वार्टरफाइनलमा यी ८ टोलीबिच हुँदैछ भिडन्त

नेपालखबर
असार २४, २०८३ बुधबार ७:२, काठमाडौँ

आज बिहानबाट जारी विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।  

गएराति र आज बिहान भएका खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्ड विजयी भएपछि क्वार्टरफाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो। 

फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्यान्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड अन्तिम ८ मा पुगेका छन्। बाँकी ४० टोली विश्वकप २०२६ को दौडबाट बाहिरिएका छन्। 

गएराति भएको खेलमा अर्जेन्टिनाले इजिप्ट र आज बिहान भएको खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पराजित गरेका छन्।  

अब क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्यान्डसँग र अर्जेन्टिनाले स्विट्जरल्यान्ड सँग भिड्ने छन्। 

क्वाटरफाइनलमा युरोपबाट सबैभन्दा धेरै ६ टोली पुगेका छन् भने दक्षिण अमेरिका र अफ्रिकाबाट १-१ टोलीले स्थान बनाए छन्। 

एशियासहित अन्य महादेशबाट जारी विश्वकपको क्वार्टटफाइनमा प्रतिनिधित्व नहुने भएको छ। 

जारी विश्वकपको सहआयोजक अमेरिका, मेक्सिको र क्यानडा पनि विश्वकबाट बाहिरिएका छन्। त्यसैगरी पाँच पटकको विश्व विजेता ब्राजिल, पोर्चुगल, जर्मनी जस्ता देश पनि प्रतियोगिताबाट बाहिरिएका छन्। 

क्वाटरफाइनलका खेल बिहीबार रातिदेखि सुरु हुँदैछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad