खेल


दुईपटक पछाडि परेको इरानले अन्तत: २–२ को बराबरीमा रोक्यो न्युजिल्यान्डलाई

दुईपटक पछाडि परेको इरानले अन्तत: २–२ को बराबरीमा रोक्यो न्युजिल्यान्डलाई

नेपालखबर
असार २, २०८३ मंगलबार ८:५६, काठमाडौँ

विश्वकअन्तर्गत मंगलबार बिहान भएको समूह जीको खेलमा दुईपटक पछाडि परेको इरानले अन्तत: न्युजिल्यान्डलाई २–२ को बराबरीमा रोकेको छ।

लस एन्जलस स्टेडियममा भएको खेलमा बराबरी भएपछि दुवै टोली एक/एक अंकसहित समूह जीको शीर्ष दुई स्थानमा पुगेका छन्। 

खेलको सातौँ मिनेटमा एलिजाह जस्टले गोल गरेर न्युजिल्यान्डलाई अग्रता दिलाएका थिए। तर तर ३२औँ मिनेटमा इरानका रामिन रेजाइनले गोल फर्काएपछि पहिलो हाफ सकिँदा दुई टोली बराबरी भएका थिए।

यसपछि भएको खेलमा एलिजाह जस्टले व्यक्तिगत दोस्रो गोल गरेर न्युजिल्यान्डलाई फेरि अग्रता दिलाएका थिए।

तर खेलको ६३औँ मिनेटमा फेरि इरानका मोहम्मद मोहेबीले सजिलै हेडिङबाट गोल गरेपछि दुई टोली बराबरीमा रोकिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad