खेल


राजस्थानलाई हराउँदै गुजरात आईपीएलको फाइनलमा

राजस्थानलाई हराउँदै गुजरात आईपीएलको फाइनलमा

नेपालखबर
जेठ १६, २०८३ शनिबार ८:३८, काठमाडौँ

राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। 

शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरातले रोयल च्यालेन्जर्स बेंगलुरुसँग पुनः भेट पक्का गरेको हो। 

फाइनल खेल आइतबार हुनेछ।

गुजरात फाइनलमा पुगेसँगै राजस्थानसँग यो संस्करणको आईपीएलमा चौथोपटक आमनेसामने हुने भएको हो। 

पहिलो क्वालिफयरमा बेंगलुरुसँग ९२ रनले पराजित भएपछि गुजरातले दोस्रो क्वालिफायर खेलेको थियो।

राजस्थानले भने एलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई ४७ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। 

राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य गुजरातले १८.४ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। 

गुजरातका कप्तान शुभमन गिलले सर्वाधिक १ सय ४ रनको योगदान दिएपछि टोलीले सहजै फाइनलमा स्थान बनाएको हो। ओपनर साइ सुदर्शनले ५८ बनाउँदै पेभेलियन फर्के। 

राहुल तेवाटियाले १७ र वासिङटन सुन्दरले १६ रन थपे। 

त्यसअघि न्यु चन्डीगढस्थित महाराजा यादाभिन्द्र सिंह अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ सय १४ रनको योगफल तयार पारेको थियो। 

राजस्थानका लागि वैभव सूर्यवंशीले सर्वाधिक ९६ रनको योगदान दिए। रवीन्द्र जडेजाले ४५ र दोनोभन फेरेरिराले ३८ रन बनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad