खेल


आईपीएल: हैदराबादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएल: हैदराबादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

नेपालखबर
जेठ १४, २०८३ बिहिबार ८:४४, काठमाडौँ

युवा स्टार वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङमा सनराइजर्स हैदराबादलाई हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

बुधबार राति भएको एलिमिनेटर खेलमा हैदराबादलाई ४७ रनले हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो। 

राजस्थानले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग खेल्नेछ।

गुजरात पहिलो क्वालिफायर खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग ९२ रनले पराजित भएको थियो। 

दोस्रो क्वालिफायर खेल शुक्रबार हुनेछ। यो खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ।

फाइनलमा रोयल च्यालेन्जर्स बैग्लुरुको सामना यो खेलको विजेताले गर्नेछ। फाइनल खेल आइतबार हुनेछ। 

राजस्थानले दिएको २ सय ४४ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद ४ बल अगावै १ सय ९६ रन बनाउँदा अलआउट भयो। 

हैदराबादका लागि नितिश कुमार रेड्डीले बनाएको ३८ रन नै सर्वाधिक रह्यो। शालिल अरोराले ३५, इसान किसानले ३३ र शिवम कुमारले २७ रन थपे। ताभिस हेडले १७ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

राजस्थानका लागि जोफ्रा आर्चरले ३ विकेट लिए। नान्द्रे वर्गर, शुशान्त मिश्र र रविन्द्र जडेजाले समान २ विकेट लिए। यसराज पुन्जाको नाममा एक विकेट रह्यो। 

त्यसअघि न्यु चन्डीगढस्थित महाराजा यादाभिन्द्र सिंह अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४३ रनको विशाल योगफल तयार पारेको थियो। 

राजस्थानका लागि वैभव सूर्यवंशीले ९७ रनको महत्त्वपूर्ण योगदान दिए। २९ बलमा ५ चौका र १२ छक्का प्रहार गरेका सुयैवंशी प्रफुल हिंगेको बलमा क्याच आउट हुन पुगे। ध्रुव जुरेल अर्धशतक बनाउँदै पेभेलियन फर्के। कप्तान रियान परागले २६, यशश्वी जैसवालले २९ र दोनोभन फेरिरा र रविन्द्र जडेजाले समान १२ रन बनाए। 

हैदराबादका प्रफुलले ३ विकेट लिए। इसान मालिंगा, शिभाङ कुमार र नितिश कुमार रेड्डीले समान एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad