भारतमा सुरु भएको साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्व नेपालले सुरुवाती अग्रता लिएको छ।
सोमबार गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा खेलको पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको हो।
खेलको २३औँ मिनेटमा गीता रानाको प्रहार भुटानकी खेलाडीलाई लाग्दै गोलमा परिणत भएको थियो। पेनाल्टी एरियामा गीताको प्रहारलाई जोगाउने क्रममा आफ्नै पोस्टमा पुगेको थियो।
खेलको ३७ औँ मिनेटमा रेखा पौडेलको प्रहार सेकेन्डबारमा लाग्दै बाहिरिँदा नेपालले अग्रता दोब्बर पार्ने मौका गुमायो।
231
Shares

प्रतिक्रिया