स्पेनिल लालिगा च्याम्पियन्स बार्सिलोनाका ८ खेलाडी समेट्दै स्पेनले विश्वकप खेल्ने टोली घोषणा गरेको छ। २६ सदस्यीय टोलीमा बार्सिलोनाका सबैभन्दा धेरै खेलाडी अटाएका छन्।
बार्सिलोनाका गोलरक्षक जोआन गार्सिया, पाउ कुब्रासी, इरिक गार्सिया, पेड्री गोन्जालेज, पाब्लो गाभी, डानी ओल्मो, लामिन यामल र फेरान टोरेस स्पेनिस टोलीमा समेटिएका छन्।
गोलरक्षकमा गार्सिआसहित युनाइ सिमोन, डेभिड राया छन्।
अन्य खेलाडीमा मार्कस लोरेन्टे, पेड्रो पोरो, मार्क कुकुरेला, खलेजान्ड्रो ग्रिमाल्डो, यामेरिक लापोर्ते, मार्क पुबिल, रोड्री हेर्नान्डेज, मार्टिन जुबिमेन्डी, फाबिन रुइज, मिकेल मेरिनो, एरेमी पिनो, अलेक्स बइना, भिक्टोर नुनोज, निको विलियम्स, मिकेल ओयर्जाबाल र बोर्जा इग्लेसिअस समेटिएका छन्।
स्पेनका प्रशिक्षक लुइस डेला फुन्टे छन्।
Shares

प्रतिक्रिया