ad ad

खेल


पूर्व खेलाडी श्रेष्ठ कोरोना संक्रमण मुक्त

पूर्व खेलाडी श्रेष्ठ कोरोना संक्रमण मुक्त

नेपालखबर
जेठ ५, २०७७ सोमबार १५:२७,

पूर्व खेलाडी रञ्जित श्रेष्ठ कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका रञ्जितको तेस्रो टेष्ट नेगेटिभ आएको उनले जानकारी दिए। उनी सेल्फ आइसोलेसनमा बसेका छन्। झन्डै १० दिन अघि कोरोना पोजेटिभ देखिएपछि उनलाई कम्पनीले नै आइसोलेसनमा राखेको थियो।

दोस्रो रिपोर्ट पनि पोजेटिभ आएपछि आइसोलेसनमा नै रहेका उनलाई दुबई हेल्थ अथोरिटीले आइतबार तेस्रो टेष्ट नेगेटिभ आएको म्यासेज गरेको थियो। रञ्जितका अनुसार उनको अर्को टेष्ट पनि गरिएको छ, त्यसको रिपोर्ट आएपछि उनी आफ्नो नियमित बस्ने ठाँउ फर्केछन्।

अहिलेको कोरोना भाइसका कारण केही पाठ पनि मिलेको रञ्जितले बताए।

उनले भने, ‘आफ्नो स्वास्थकोबारे थाहा भयो। तातो पानी कति महत्वपूर्ण हुन्छ भन्ने यो पटक झन बुझेँ। ब्यालेन्स डाइट टाइमिङको ख्याल भयो। एक दुई दिन अलि कमजोर जस्तो अनुभव गरेँ। अरु सामान्य रह्यो।’

उनी दुवईमा फेडक्सको एयरपोर्ट अफिसमा काम गर्दै आएका छन्। कम्पनीले काममा अहिले नै नबोलाएकाले अब केही दिनमा सल्लाह गरेर फर्कने सोचमा रहेको बताए।

‘अब अर्को रिपोर्ट आएपछि कम्पनीलाई जानकारी दिन्छु’ , उनले थपे, त्यसपछि सायद मेरो ड्यूटी टाइम थाहा हुन सक्छ।’

रञ्जित अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको तेस्रो ब्याचका खेलाडी हुन्। सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाली टोलीमा रहेका रञ्जित राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जन, त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासका समकालिन हुन्। फ्रेन्ड्स क्लब र एनआरटीबाट व्यवसायिक फुटबल खेलेका रञ्जित नेपाली यू १६ का पूर्व कप्तान पनि हुन्।

कोरोना पोजेटिभ देखिएपछि पूर्व राष्ट्रिय खेलाडी रञ्जितले भने : ठीक छु, आत्तिनुपर्ने केही छैन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .