खेल


नेपालले यूएईलाई दियो ७८ रनको लक्ष्य

नेपालले यूएईलाई दियो ७८ रनको लक्ष्य

नेपालखबर
बैशाख ७, २०८३ सोमबार २०:५, काठमाडौँ

घरेलु टोली नेपालले टी-२० आई क्रिकेटमा यूएईसामु जितका लागि ७८ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा आठ विकेटको क्षतिमा १२२ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। वर्षाका कारण प्रभावित भएको खेल १० ओभर घटाइएको छ। यूएईले अब १० ओभरमा ७८ रन बनाउनुपर्नेछ।  

नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरी ३२ र सन्दीप लामिछानेले दुई रनमा अविजित रहे। ओपनर कुशल भुर्तेल नौ बलमा १ चौका र १ छक्का सहयोगमा १६ रन बनाउँदा रन आउट भए। 

अर्का ओपनर अर्जुन साउद १३ रन बनाउँदा जुनैद सिद्दीकीको बलमा बोल्ड आउट हुन पुगे। ६ बलमा १ चौका सहयोगमा ६ रन बनाएका सन्दीप जोरा हैदर अलीको बलमा क्याच आउट भए। 

२१ बलमा १ चौका मद्दतमा १७ रन बनाएका कुशल मल्ल जुनैद जुबेरको बलमा एलबीडब्लुको धरापमा परे। १४ रन बनाएका बसिर अहमद जुहेब जुबेरको बलमा मोहम्मद वसिमको हातबाट क्याच आउट हुन पुगे। गुल्सन झा १ रन बनाउँदा जुनैद सिद्दीकीको बलमा एलबीडब्लु धरापमा परे। 

नन्दन यादवले सात बलमा २ छक्का सहयोगमा १३ रन बनाउँदा जुहेब सिद्दीकीको बलमा क्याच आउट भए। शेर मल्ल शून्य रनमा नै पेभेलियन फर्के।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad