त्रिभुवन आर्मी क्लब पाँचौँ कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको कातातर्फको सबै इभेन्ट्सको फाइनलमा पुगेको छ।
सातदोबाटो स्थित कराते एकेडेमीमा आज सुरु भएको प्रतियोगिताको महिलार पुरुष एकल र टिम सबैमा आर्मीको खेलाडी र टोली फाइनलमा पुगेको छ।
त्यस्तै, नेपाल पुलिस क्लब महिला एकलबाहेक काताको सबै इभेन्ट्सको फाइनलमा पुगेको छ।
त्यस्तै एपीएफकी सन्जु देसार महिला एकल काताको फाइनल पुगेकी छिन्। उनले फाइनलमा आर्मीकी सानुमाया थिङको सामना गर्नेछिन्।
पुलिसकी एलिसा रास्कोटी मगर र बागमती प्रदेशकी दीपा पुनले महिला एकल कातामा कास्य पदक जितेका छन्।
पुलिसका स्वनिम मानन्धर र आर्मीका प्रविण मानन्धर पुरुष एकल तर्फको फाइनल पुगेका छन्। स्वनिम लगातार चौथो पटक पुरुष एकल काताको फाइनल पुगेका हुन्। उनले पहिलो बाहेक सबै ३ संस्करणमा स्वर्ण पदक जितेका थिए।
एकल कातामा अन्जन यसमाली मगर र खगेन्द्र चाम्लिङ राईले कास्य पदक जितेका छन्।
पुलिस र आर्मी दुवै टोली महिला र पुरुषको टिम काताको फाइनलमा पुगेको छ।
बागमती र सुदूरपश्चिम प्रदेशले महिलातर्फ तथा बागमती र एपीएफले पुरुष टिम कातामा कास्य पदक जितेको छ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागका गरी २ सय १० खेलाडीले फाइट र काता गरी १७ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्।
३ दिनसम्म चल्ने प्रतियोगिताको नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उद्घाटन गरे। प्रतियोगिताको टिम च्याम्पियनले १ लाख ५० हजार, दोस्रोले ७५ हजार र तेस्रोले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ।
महिलारपुरुषतर्फको उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उदीयमान खेलाडीले गी प्राप्त गर्ने आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए।
Shares

प्रतिक्रिया