खेल


बुटवलमा सुरु भयो ५ लाख राशिको फुटबल प्रतियोगिता, उद्घाटन खेलमा देवदह बिजयी

बुटवलमा सुरु भयो ५ लाख राशिको फुटबल प्रतियोगिता, उद्घाटन खेलमा देवदह बिजयी

नेपालखबर
चैत २०, २०८२ शुक्रबार १३:५३, बुटवल

रुपन्देहीको बुटवलमा सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप प्रतियोगिता सुरु भएको छ। 

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा सौभाग्य युवा क्लबको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा देवदह ब्यायजले विजय सुरुवात गरेको छ। 

दीपनगरस्थित खेलमैदानमा भएको खेलमा देवदहले गोर्खा ब्यायज एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो।

निक्कै प्रतिस्प्रर्धात्मक खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो। दोस्रो हाफमा भने देवदहले खाता खोल्यो। खेलको ४६ औ मिनेटमा फोडे फोफोनाले गोल गरे। 

खेलको ७४ प्लस औ मिनेटमा निर बहादृर थापाले अर्को गोल थप्दै जित सुनिश्चित गरे। 

अब देवदहले हनामी बिएफसी चितवनसँग क्वाटरफाईनलमा खेल्नेछ। खेलमा फोडे फोफोनाले प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए। शुक्रबार सम्पूर्ण एफसी तिलोत्तमा र फोर ब्रदर्श सरावल नवलपरासीका बिचमा खेल हुने क्लबका सचिव प्रकाश क्षेत्रीले बताए।

एक समारोहकाबिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बिहीबार मुख्य रेफ्रि माया लामालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको शुभारम्भ गरेका थिए।

प्रतियोगितामा प्रथम हुने टोलीले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने सौभाग्य युवा क्लबका अध्यक्ष सुजु मल्लले जानकारी दिए।

यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा कोचलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा रुपन्देहीसहित चितवन, नवलपरासी, कपिलबस्तुका गरि १२ क्लबहरु सहभागी छन्। गतवर्ष झरना स्पोर्टिङ क्लब रुपन्देही विजेता भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad