राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेञ्जोङ र ट्रेनर विवेक विक्रान्त अधिकारीबीच भएको चिया छ्याप्ने घटनाको छानविनका लागि अखिल नेपाल फुटबल संघ(एन्फा)ले छानबिन समिति गठन गरेको छ।
एन्फाले बुधबार कार्यसमितिका सदस्य मधुसुदन उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको हो। समितिमा सुर्यानाथ अधिकारी र सञ्जीव मिश्र छन्।
उक्त समितिलाई असार २९ गतेसम्म रिपोर्ट बुझाउँन समयसिमा दिइएको छ।
गत असार ९ गते प्रशिक्षणका क्रममा विवेकले किरणको अनुहारमा चिया छ्यापी दिएका थिए। जसमा दुबैको आ–आफ्नो दाबी छ।
घटनाबारे विस्तृतमा जान्न यो रिपोर्ट पढ्नुहोस्ः किन छ्यापियो गोलरक्षक किरणको अनुहारमा तातो चिया?
3
Shares

प्रतिक्रिया