खेल


विश्वकपका शीर्ष ५ रन स्कोरर, पहिलो स्थानमा को?

विश्वकपका शीर्ष ५ रन स्कोरर, पहिलो स्थानमा को?

नेपालखबर
फागुन १९, २०८२ मंगलबार १८:४४, काठमाडौँ

आईसीसी टी–२० विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ।

सुपर ८ को समूह १ बाट दक्षिण अफ्रिका र भारतले तथा समूह २ मा इंग्ल्यान्ड र न्यु जिल्यान्डले सेमिफाइनलमा स्थान बनाएका छन्। 

सेमिफाइनलका खेल बुधबारदेखि सुरु हुँदै छन्। पहिलो सेमिफाइनलमा न्यु जिल्यान्ड र दक्षिण अफ्रिका भिड्नेछन्। दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्ड भिड्नेछन्। 

विश्वकपको सेमिफाइनल समीकरण पूरा हुँदा १ खेलाडीले मात्र ३ सय रनको आँकडा पूरा गरेका छन्। त्यस्तै १२ खेलाडीले २ सय रनको आँकडा पार गरेका छन्। ४८ खेलाडीले भने १ सय रन पार गरेका छन्। यस्तोमा शतक पूरा गर्ने पाँच खेलाडी छन्। 

सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष पाँचमा रहेका खेलाडीमध्ये दुई टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन्। जारी विश्वकपमा सर्वाधिक रन बनाउने पाँच खेलाडी को को छन् त? 

साहिवजादा रहमान (पाकिस्तान) 
पाकिस्तानका ओपनर साहिबजादा रहमान सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन्। 

जारी विश्वकपमा दुई शतक प्रहार गर्ने रहमान एक्ला खेलाडी हुन्। विश्वकपमा कीर्तिमानी प्रदर्शन गरेका रहमानले एकै विश्वकपमा सर्वाधिक रन बनाउने एक्लो खेलाडी समेत हुन्। उनले सन् २०१४ को विश्वकपमा विराट कोहलीले बनाएको रेकर्ड तोडेका हुन्। 

विश्वकपमा सात खेलमध्ये ६ इनिङमा उनले ३ सय ८३ रन बनाएका छन्। रहमान १ सय रनमा अविजित छन्। उनले २ शतक र ५ अर्धशतक प्रहार गरे। जसमा उनले ३७ चौका र १८ छक्का प्रहार गरे। उनको स्ट्राइक रेट १६० दशमलव २५ छ। 

विश्वकपमा सर्वाधिक रन बनाए पनि उनको टोली पाकिस्तान सुपर ८ बाट अघि बढ्न सकेन। 

ब्रायन जोन वेनेट (जिम्बाब्वे) 
जिम्बाबेका अलराउन्डर ब्रायन जोन वेनेट जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा छन्।

जिम्बाब्वेले विश्वकपमा खेलेका ६ खेलमा नै उनले प्लेइङ ११ मा स्थान बनाए। ६ खेलमा उनले २ सय ९२ रन बनाएका छन्।

उनको राम्रो रन स्कोर ९७ मा अविजित रहनु हो। उनले ३ खेलमा अर्धशतक पूरा गरेका छन्। सो खेलमा उनले ४७ चौका र १८ छक्का प्रहार गरेका छन्। उनको स्ट्राइक रेट १३४ दशमलव ५६ रहेको छ। 

एडेन कायल मक्रम (दक्षिण अफ्रिका) 
जारी विश्वकपमा २ सय ६८ रन बनाएका एडेन कायल मक्रम सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा छन्। 

विश्वकपको सात खेलमा उनले २ सय ६८ रन बनाउँदा सर्वाधिक स्कोर भनेको ८६ छ। सात खेलमा मक्रमले ३ अर्धशतक पूरा गरेका छन्। जसमा ३१ चौका र १० छक्का प्रहार गरे। 

उनको स्ट्राइक रेट १७५ दशमलव १६ छ। 

सिमरोन हिटमायर (वेस्ट इन्डिज)
वेस्ट इन्डिजका हिटमायरले जारी विश्वकपमा सात खेल खेले।

सात खेलमा २ सय ४८ रन बनाएका हिटमायर सर्वाधिक रन बनाउने खेलाडीको चौथो स्थानमा छन्। विश्वकपमा उनले सर्वाधिक ८५ रन बनाएका छन्। सात खेलमा उनले २ अर्धशतकसहित १६ चौका र १९ छक्का प्रहार गरे। 

उनको स्ट्राइक रेट १८६ दशमलव ४६ छ। 

सूर्य कुमार यादव (भारत) 
भारतीय टोलीका कप्तान सूर्य कुमार यादव जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको पाँचौँ स्थानमा छन्। 

विश्वकपको सात खेलमध्ये एक खेलमा मात्र उनले अर्धशतक पूरा गरेका छन्। उनले २१ चौका र ९ छक्का प्रहार गरेका छन्।

विश्वकपमा उनको सर्वाधिक स्कोर भनेको ८४ रन हो। उनको स्ट्राइक रन रेट १३५ शदमलव ८८ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad