खेल


वेस्ट इन्डिजसँग हार्‍यो इटली

वेस्ट इन्डिजसँग हार्‍यो इटली

इटली र वेस्ट इन्डिजको खेल (एएफपी/गेट्टी इमेज)


नेपालखबर
फागुन ७, २०८२ बिहिबार १५:५४, काठमाडौँ

भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरहेको आईसीसी टी२० पुरुष विश्वकपअन्तर्गत आज भएको खेलमा इटली वेस्ट इन्डिजसँग पराजित भएको छ। 

एडेन गार्डेनमा भएको खेलमा वेस्ट इन्डिज ४२ रनले विजयी भएको हो। पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। 

१६६ रनको लक्ष्य पछ्याएको इटली १८ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनमा समेटिन पुग्यो। वेस्ट इन्डिजका लागि शाई होपले ७५ रनको पारी खेले। उनीबाहेक रोस्टन चेस र शरफेन रथरफोर्डले समान २४ तथा म्याथ्यु फोर्डीले १६ रन योगदान गरे। बाँकी ब्याटरले दोहोरो अंकको रन बटुल्न सकेनन्। 

इटलीका बेन मेनेन्टी र क्रिसन कालुगामेजले समान २ विकेट झार्दा अलि हसन र थोमस ड्राकाले समान १ विकेट लिए। 

इटलीका एन्थोनी मोस्का १९, जेजे स्मट्स २४, बेन मेनेन्टीले २६ रन हान्नेबाहेक बाँकी खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। वेस्ट इन्डिजका शेमर जोसेफले ४, म्याथ्यु फोर्डीले ३, गुणाकेश मोटीले २ र अकिल हुसेनले १ विकेट लिए। 

ग्रुप सीबाट वेस्ट इन्डिज चारवटै जितसहित सुपर ८ मा पुग्दा ३ जितसहित ६ अंक जोडेको इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ। 

स्कटल्यान्ड, इटली र नेपालले भने समान १ जितसहित २ अंक जोड्दै विश्वकपबाट विदा भएका छन्। जारी विश्वकपको यो समूहमा नेपालले अन्तिम स्थानमा रहँदै यात्रा टुंग्याएको छ। 

अन्य ग्रुपबाट सुपर ८ तय गरेका टोलीहरुमा एबाट भारत र पाकिस्तान, बीबाट श्रीलंका र जिम्बाब्वे तथा डीबाट साउथ अफ्रिका र न्युजिल्यान्ड छन्। 

सुपर ८ को ग्रुप १ मा भारत, साउथ अफ्रिका, वेस्ट इन्डिज र जिम्बाब्वे छन् भने ग्रुप २ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad