खेल


महिला एसिया कप राइजिङ स्टार्स: समूह चरणबाटै बाहिरियो नेपाल

महिला एसिया कप राइजिङ स्टार्स: समूह चरणबाटै बाहिरियो नेपाल

नेपालखबर
फागुन ५, २०८२ मंगलबार ११:४५, काठमाडौँ

महिला एसिया कप राइजिङ स्टार्स २०२६ मा भारतीय ए महिला टोलीसँग हार भोग्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली समूह चरणबाटै बाहिरिएको छ।

मंगलबार भएको खेलमा नेपाली महिला टोली भारतीय टोलीसँग ७ विकेटले पराजित भएको हो। लगातार तेस्रो हार बेहोरेसँगै नेपाली टोली सेमिफाइनलबाट बाहिरिएको छ। 

नेपालले दिएको ७९ रनको झिनो लक्ष्य भारतीय टोलीले ७.५ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। 

१८ बलमा ९ चौका सहयोगमा ओपनर दिनेश वृन्दा ३९ रनमा अविजित रहिन्। तेजल हासाब्निस १८ र दिया यादव २ रनमा आउट भए।

त्यसअघि थाइल्यान्डको बैककस्थित ट्रेडथाई क्रिकेट स्टेडियममा भारतीय ए टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोली १८ ओभरमा ७८ रनमा अलआउट भयो। 

नेपाली टोलीका लागि सम्झना खड्काले बनाएको २२ रन नै सर्वाधिक रह्यो। रुवि पोदार, कविता जोशीले समान १२ रन बनाए। विन्दु रावलले ११ र पूजा महतोले १० रन थपे। 

भारतीय टोलीका लागि तनुजा कन्वरले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिइन्। मिन्नु मनीले ४ ओभरमा ८ रन दिएर ३ विकेट लिइन्। राधा यादवले २ विकेट आफ्नो नाममा गरिन्। 

नेपालको महिला टोलीले आइतबार भएको खेलमा संयुक्त अरब एमिरेन्ट्स (यूएई) सँग १८ रनले पराजित भएको थियो।

शुक्रबार भएको पहिलो खेलमा नेपाली टोली पाकिस्तानको ए टोलीसँग ३० रनले पराजित भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad