खेल


ज्ञानेन्द्र मल्ल अब क्रिकेटदेखि सदनसम्म: बालेन

ज्ञानेन्द्र मल्ल अब क्रिकेटदेखि सदनसम्म: बालेन

नेपालखबर
माघ २५, २०८२ आइतबार ११:३३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आफ्नो पार्टीले नेपाली क्रिकेटलाई अघि बढाउने जिम्मा नेपाली टिमका पूर्व कप्ताल ज्ञानेन्द्र मल्ललाई दिएको बताएका छन्। 

दुईपटकको विश्वकप च्याम्पियन इङल्यान्डसँग आज नेपालले आईसीसी टी २० विश्वकप खेल्न लागेको सन्दर्भ पारेर शाहले आफ्नो पार्टीले क्रिकेट खेललाई महत्व दिएको प्रतिक्रिया दिएका हुन्। 

‘सन् २०१४ मा पहिलोपटक नेपालले विश्वकप क्रिकेट खेलेको थियो। बंगलादेशमा भएको प्रतियोगितामा नेपालले अफगानिस्तान र हङकङलाई हराएको थियो,’ शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रा समानुपातिक सांसदका उम्मेदवार रहनुभएका ज्ञानेन्द्र मल्लले त्यो बेला विश्वकपमा उत्कृष्ट प्रर्दशन गर्नुभएको थियो। विश्वकपमा उहाँको ब्याटिङ नेपालको जितको आधार पनि बनेको थियो।’

शाहले आजदेखि नेपालले तेस्रो पटक विश्वकप खेल्न् लागेको चर्चा गर्दै क्रिकेटले देशलाई जोड्ने र खुसी हुने मौका दिएको बताएका छन्। 

‘व्यावसायिक रुपमा अघि बढ्ने सम्भावना देखाएको छ। क्रिकेटको माध्यमबाट विश्वमाझ नेपाल र नेपालीलाई चिनाएको छ,’ उनले भनेका छन्, ‘क्रिकेटको आगामी लक्ष्य, कता जाने, कता लग्ने भन्ने कुराको जिम्मेवारी हामीले क्रिकेटकै पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई दिएका छौँ। उहाँकै अनुभव र भिजन अनुसार अब नेपालको क्रिकेट अगाडी बढ्नेछ । उहाँले मैदानमा देखाउनुभएको खेल अनुशासन र क्षमतालाई क्रिकेट र समग्र खेलकुद विकासमा सदुपयोग गरिनेछ।’

उनले लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको नेपाली टिमका सम्पूर्ण खेलाडीलाई शुभकामना दिँदै भनेका छन्, ‘सिंगो देश तपाईंहरुको साथमा छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad