समाज


सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार ६:३८,

हात्तीको आक्रमणबाट सप्तरीको शम्भुनाथ नगरपालिकाकी एक महिलाको बिहीबार मृत्यु भएको छ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट शम्भुनाथ नगरपालिका–२ स्थित भलुवाही टोलकी ३८ वर्षीया महिला जानकी मगरको मृत्यु भएको स्थानीय राजु जयसवालले बताए। जानकीको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको छ।

जायसवालका अनुसार तीनवटा हात्तीको समूहले लक्ष्मण मण्डल र बलराम इशरको घर भत्काएको छ। दुई दिनअघि हात्तीको समूहले अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलका वीरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र नारायण रामको घर तोडफोड गरेर खाद्यान्न खाई क्षति पु¥याएको थियो।

ट्रकमा ठोक्किएर युवकको मृत्यु
सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ सीतापुरमा बिहीबार भएको दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गस्थित सवारी साधन मर्मत गर्ने ग्यारेज अगाडि सडक किनारमा रोकिराखेको ना३ख ६१२६ नंको ट्रक पछाडि ठोक्किएर स८प ५६२९ नंको मोटरसाइकल सवार अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ प्रसवनीका २३ वर्षीय विक्रम सरदारको घटनास्थलमै मृत्यु भएको स्थानीय तारकेश्वर सिंहले जानकारी दिए।

उनीसँगै मोटरसाइकल पछाडि रहेका सोही ठाउँका २६ वर्षीय तरुण सरदार गम्भीर घाइते भएका छन्। घाइते तरुणलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको छ। उनीहरु बिहानै माछा मार्न घरबाट निक्लिएको स्थानीय रमेश चौधरीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad