रियल मड्रिडको मुख्य प्रशिक्षकमा आल्भारो आर्बेलोआ नियुक्त भएका छन्।
स्पेनिस सुपर कपमा बार्सिलोनासँग ३-२ ले पराजित भएपछि रियलका मुख्य प्रशिक्षक जाभी अलोन्सोले पद छाडेका थिए।
रियलका पूर्वखेलाडी समेत रहेका आर्बेलोओलाई रियलले नयाँ प्रशिक्षक नियुक्त गरेको हो। ४२ वर्षीय आल्भारो आर्बेलोआ यसअघि क्लबको बी टोलीको प्रशिक्षण गर्दै आएका थिए।
उनले पहिलो पटक सिनियर टोली सम्हाल्न लागेका हुन्।
111
Shares

प्रतिक्रिया