खेल


टी-२० विश्वकपअघि नेपालले भारत र श्रीलंकामा अभ्यास गर्ने

टी-२० विश्वकपअघि नेपालले भारत र श्रीलंकामा अभ्यास गर्ने

नेपालखबर
पुस २९, २०८२ मंगलबार १७:५८, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टी-२० विश्वकपअघि भारत र श्रीलंकामा अभ्यास गर्ने भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले भारत र श्रीलंकाका स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने जानकारी दिएको हो। 

नेपाली टोलीले पहिलो चरणमा श्रीलंकाको ए टोली र स्थानिय टोलीसँग अभ्यास खेल्नेछ। नेपालले जनवरी १९,२१ र २३ मा अभ्यास गर्नेछ। जनवरी २०,२२ र २४ मा अभ्यास खेल खेल्नेछ। 

दोस्रो चरणमा भारतमा प्रशीक्षण र अभ्यास खेल खेल्नेछ। टोलीले मुम्बई क्रिकेट एशोसियसन प्रेसिडेन्ट ११ सँग अभ्यास खेल खेल्नेछ। नेपली टोलीले जनवरी २७ र २८ मा अभ्यास गर्नेछ। जनवरी २९ र ३१ मा अभ्यास खेल खेल्ने तालिका रहेको छ। 

भारत र श्रीलंकामा हुने आइसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले आफ्नो सबै खेल मुम्बइको वानखेडे स्टेडियममा खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad