फिफा विश्वकप २०२६ का लागि ५० लाख टिकटको माग भइसकेको अन्तराष्ट्रिय फुटबल संघ (फिफा) ले बताएको छ।
बिहिबारदेखि अहिलेसम्म २ सय भन्दा बढी देशका समर्थकहरुले टिकट माग गरेको फिफाले जनाएको छ। जसमा २७ जुनमा मियामीमा हुने कोलम्बिया र पोर्चुगलबीचको खेलका लागि सबैभन्दा बढी टिकटको माग भएको छ।
अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपको टिकटको मुल्यलाई लिएर अहिले तिव्र आलोचना भइरहेको छ। जसलाई फुटबल समर्थक संघ (एफएसए) ले अपमानजनक भनेको छ।
२०२६ को विश्वकपको समूूह चरणको टिकट २०२२ मा भन्दा कतार विश्वकपको भन्दा तीन गुणा मुल्य बढाइएको छ। जबकी फाइनलका लागि सस्तो टिकटको मुल्य ३,११९ पाउण्ड स्टर्लङ रहेको छ।
विश्वकप २०२६ को फाइनलका लागि सबैभन्दा सस्तो टिकट कतार विश्वकपको तुलनामा सात गुणा बढी मुल्य वृद्धी गरिएको छ।
समर्थकहरुले फिफासँग मुल्य निर्धारण नितिमा वार्ता गर्नका लागि विक्री प्रक्रिया रोक्न माग र्दै एफएसएले फुटबल समर्थक युरोप (एफएसइ) सँग सामेल भएको छ।
फिफाका अनुसार सबैभन्दा बढी टिकट माग तीन आयोजक राष्ट्रबाट आएको छ। त्यसपछि कोलम्बिया, इङल्यान्ड, इक्वेडर, ब्राजिल, अर्जेन्टिना, स्कटल्यान्ड, जर्मनी, अस्ट्रेलिया, फ्रान्स र पानामाबाट आएको छ।
विश्वकपमा पहिलो पटक ४८ राष्ट्र सहभागी हुदैछन्।
Shares

प्रतिक्रिया