जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर (एनपीएल)का लागि दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसस नेपाल आइपुगेका छन्।
उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। एनपीएलको दोस्रो सिजनको लागि उनलाई विराटनगर किङ्सले अनुबन्ध गरेको छ।
उनलाई विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी र विराटनगर किङ्सका प्रतिनिधिहरूले स्वागत गरेका थिए। उनलाई ढाका टोपी लगाएर स्वागत गरियो।
444
Shares

प्रतिक्रिया