नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
मंसिर १५ गते अर्थ मन्त्रालयमा कम्पनीका संचालक समितिका अध्यक्ष गोविन्द लाल संघई, संचालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा १ करोड ५० लाख रुपैयाँ बराबरको चेक अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन्।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गरेको सहयोगप्रति अर्थमन्त्री खनालले धन्यवाद ज्ञापन गरे। उक्त रकम सहित कोषमा मंसिर १५ गतेसम्म ११ करोड ८२ लाख जम्मा भएको अर्थमन्त्रालयले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया