खेल


एनपीएल- अपराजित विराटनगरविरुद्ध उत्रिँदैछ चितवन राइनोज

एनपीएल- अपराजित विराटनगरविरुद्ध उत्रिँदैछ चितवन राइनोज

नेपालखबर
मंसिर १०, २०८२ बुधबार १२:१८, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज बुधबार अपराजित विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ४ बजे सुरु हुनेछ। विराटनगर सन्दीप लामिछाने र चितवन कुशल मल्लको कप्तानीमा मैदान उत्रनेछन्। 

लिग चरणमा अपराजित रहेको विराटनगर चितवनलाई पराजित गर्दै प्लेअफ खेल्ने सम्भावनालाई थप बलियो बनाउन चाहान्छ। 

लिगमा ३ खेल खेलेको विराटनगर ६ अंकमा तालिकाको दोस्रो स्थानमा छ। विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले तथा काठमाडौ गोर्खाजलाई ५ विकेटले हराएको थियो। तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै अपराजित यात्रालाई कायम राखेको थियो। 

यता एनपीएलमा तेस्रो खेल खेल्न लागेको चितवन पनि लयमा रहेको विराटनगरलाई पराजित गर्दै अंक तालिका सुधार गर्ने योजानमा हुनेछ। चितवनले २ खेल मध्य एक खेलमा जित र एक खेलमा हार भागेको छ। २ खेलबाट २ अंक बनाएको चितवन पाचौँ स्थानमा छ। 

चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो। दोस्रो खेलमा चितवन लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad