खेल


पोखराका कप्तान कुशल भुर्तेलको अर्धशतक

पोखराका कप्तान कुशल भुर्तेलको अर्धशतक

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १९:३०, काठमाडौँ

सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार कप्तानी पारी खेल्दै कुशलले अर्धशतक बनाएका हुन्। उनले ३१ बलमा चार चौका र चार छक्काको मद्दतले ५३ रन बनाए। 

अर्धशतक बनाए लगत्तै उनी आउट भए। उनलाई स्कट कग्लिजिनले आउट गरे। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा दबाबमा परेको छ। पोखराले १६ ओभरमा ६ विकेट गुमाएर १२७ रन बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad