खेल


पोखराको खराब सुरुवात, पावर प्लेमै गुमायो तीन विकेट

पोखराको खराब सुरुवात, पावर प्लेमै गुमायो तीन विकेट

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १८:४३, काठमाडौँ

सुदूरपश्चिम रोयल्सले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा पोखरा एभेन्जर्सले खराब सुरुवात गरेको छ। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले पावर प्लेमा २५ रनमै तीन विकेट गुमाएको हो। पोखराका प्रारम्भिक ब्याटर एडम रोसिंटन पहिलो ओभरमै आउट भए। उनले एक रन मात्रै बनाए। 

त्यसपछि तेसे ओभरमा दिनेश खरेल आउट भए। उनले नौ बलमा ६ रन मात्रै बनाउन सके। पाँचौ ओभरमा किरण ठगुन्ना नौ रन बनाएर फर्किए। 

सुदूरपश्चिमका लागि हरमित सिंहले दुई विकेट लिए। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा १९३ रन बनाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad