खेल


कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

नेपालखबर
मंसिर २, २०८२ मंगलबार १३:२६, काठमाडौँ

ओपनर प्रियाङक पन्चलको विष्फोटक ब्याटिङमा कर्णाली याक्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजसामु जितका लागि १ सय ६७ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ६६ रनको योगफल तयार पारेको छ। 

कर्णालीका लागि ओपनर प्रियाङकले सर्वाधिक ९० रनको योगदान दिए। उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दा रवि वोपारको बलमा देव खनालको हातबाट क्याच आउट भए। 

२१ बलमा १ चौका सहयोगमा १६ रन बनाएका मार्क वाट सोहेल तनविरको बलमा रिजन ढकालको हातबाट क्याच आउट भए। 

ओपनर म्याक्स ओ डाउड ६ बलमा २ रन बनाउँदा सैफ जैवको बलमा बोल्ड आउट भए। पवर सरार्फ २७ र नजिबुल्लाह जड्रान ४ रनमा अविजित रहे। पवनले १६ बलमा ३ छक्का र १ चौका प्रहार गरे। 

चितवनका लागि सोहेल तनविर, सैफ जैव र रवि बोपाराले समान एक विकेट लिए। चितवनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad