खेल


एनपीएल उद्घाटनमा हेलिकप्टरबाट पुष्प वृष्टि (तस्बिरहरू)

एनपीएल उद्घाटनमा हेलिकप्टरबाट पुष्प वृष्टि (तस्बिरहरू)

सरोज नेपाल
मंसिर १, २०८२ सोमबार १६:१२, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको उद्घाटन भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले खेल उद्घाटन भएको जानकारी गराएकी हुन्। 

निकै तामझामका साथ भएको उद्घाटन सत्रमा हेलिकप्टरबाट पुष्प वृष्टि गराइएको छ। आजको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोजेपछि जनकपुरले ब्याटिङ गर्ने भएको हो।

जनकपुर र काठमाडौँको सुरुवाती ११ः
काठमाडौँ टोलीः 

करण केसी (कप्तान), शाहब आलम, भिम सार्की, रसिद खान, सन्तोष यावद, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, बेन चाल्र्सवर्थ, मिलिन्द कुमार, जोहन सिम्पसन, जेरहार्ड इरसमस  

जनकपुर बोल्ट्सको टोलीः 
अनिलकुमार शाह, आशिफ शेख, किशोर महतो, ललित राजवंशी, मयन यादव, विकास अग्री, रुपेश कुमार सिंह, लाहिरु मिलान्था, लाहिरु समरकोन, जान निकोल लफ्टी–इटोन,संजय कृष्णमुर्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad