खेल


एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्ने

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार १९:१२, काठमाडौँ

नेपाल प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिड्ने भएका छन्। 

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको एनपीएलको खेल तालिका अनुसार पहिलो दिन एक खेल मात्र हुनेछ। सो खेल साँझ ४ बजे सुरु हुनेछ। 

दोस्रो दिन दुई खेल हुनेछ। एनपीएलको दोस्रो दिन चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन्। सो खेल दिउँसो पौने १२ बजे सुरु हुनेछ। 

सोही दिन विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन्। सो खेल साँझ ४ बजे सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad